आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ३, २०८२
जेनजी शहिदको सम्मानमा आज देशभर राष्ट्रिय शोक विदा
बुधबार, असोज १, २०८२
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जना युवाको मृत्यु भएपछि अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक घोषणा गरिएको हो ।
प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचनको मिति तय
शनिबार, भदौ २८, २०८२
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उक्त निर्णय २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुनेछ ।”
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी
शुक्रबार, भदौ २७, २०८२
अब तुरुन्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिनेछ र कार्कीले राति ९ बजेसम्म शीतल निवासमा शपथ लिने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।
अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुँदै
बिहीबार, भदौ २६, २०८२
वार्तामा अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि राखेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते
बिहीबार, भदौ २६, २०८२
अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान
शनिबार, भदौ १४, २०८२
चीनमा उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।
साताको लोकप्रीय

