टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
बिहीबार, मंसिर १, २०७९

‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान
बिहीबार, मंसिर १, २०७९
इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”

युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
बुधबार, कात्तिक ३०, २०७९
नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै
मंगलबार, कात्तिक २९, २०७९
सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो ।

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
मंगलबार, कात्तिक २९, २०७९
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।

काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध
मंगलबार, कात्तिक २९, २०७९
सडकपेटी र सार्वजनिक स्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन
सोमबार, कात्तिक २८, २०७९
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा १ जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।

भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा
सोमबार, कात्तिक २८, २०७९
अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।

टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट
सोमबार, कात्तिक २८, २०७९
मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो । केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ ।

ट्रु केयर इन्टरप्राइजेजद्वारा नेपालको पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर उद्घाटन
आइतबार, कात्तिक २७, २०७९
साताको लोकप्रीय