Kath Khabar
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको हो । सडक बिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम शुरु गरिएको छ ।
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेपछि अनुसन्धान थालिएको थियो।
आज जैविक विविधता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज जैविक विविधता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।
आँखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै ठगी गर्ने  ‘सिमान्त गुरू’ दाङ पुगेर कार्यक्रम नगरी हिडे
आँखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै ठगी गर्ने ‘सिमान्त गुरू’ दाङ पुगेर कार्यक्रम नगरी हिडे सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै केसीले आफूसँग अलौकिक क्षमता भएको र बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै दाबी गर्ने गरेका छन्।
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’, उनले भने ।
आजको मौसम
आजको मौसम आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार
अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना आर्थिक बर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
Weather Update