नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ
शुक्रबार, मंसिर १, २०८०
टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता
शुक्रबार, मंसिर १, २०८०
टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको जस्ता दाबी रिटकर्ताहरुको छ...
बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते
शुक्रबार, मंसिर १, २०८०
कोहलपुरको चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् ।
सालनाल सहितको नवजात शिशु झाडीमा
शुक्रबार, मंसिर १, २०८०
हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताउनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो अहिलेसम्म खुल्न सकेको छैन ।
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु
शुक्रबार, मंसिर १, २०८०
भूकम्प पछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा धेरै परिवार त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपाल मुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला
शुक्रबार, मंसिर १, २०८०
६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।
दिपावली सकिएसँगै जनकपुरधाममा सुरू भयो छठको तयारी
बिहीबार, कात्तिक ३०, २०८०
छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् ।
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि र हली पूजा गरिँदै
मंगलबार, कात्तिक २८, २०८०
बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति
सोमबार, कात्तिक २७, २०८०
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो ।
आज कुकुर तिहार पनि, कुकुरको विशेष पूजाआजा गरी मनाइदैं
आइतबार, कात्तिक २६, २०८०
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
साताको लोकप्रीय

