सुदूरपश्चिम र कर्णालीका उच्च भेगमा वर्षासँगै भारी हिमपात
मंगलबार, माघ १०, २०७९
पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले आजदेखि पानी पर्ने सम्भावना
सोमबार, माघ ९, २०७९
यस वर्षको जाडोमा विगत ३० वर्षयताकै कम वर्षा भएको छ । सन् १९९१ यता यस वर्ष हिउँदे वर्षा सबैभन्दा कम भएको छ।
धरानमा हर्क साम्पाङले डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप
आइतबार, माघ ८, २०७९
उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।
नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चद्धारा राहत वितरण कार्यक्रम सम्पन्न
शुक्रबार, माघ ६, २०७९
राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४,६,७,८,९,१०,११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारम्म पुर्याइदैछ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ - प्रधानमन्त्री दाहाल
शुक्रबार, माघ ६, २०७९
"केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।"
विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित
शुक्रबार, माघ ६, २०७९
त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको आरए-४१६ विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता डाइभर्ट गरिएको छ ।
महासंघ प्रतिनिधिमण्डल र सहरी विकास मन्त्री विक्रम पाण्डेबीच भेटघाट, क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ
बिहीबार, माघ ५, २०७९
गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गर्नुभयो ।
गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको प्रश्न
बिहीबार, माघ ५, २०७९
‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न ? हामी चिन्दैनौं।’
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड
बुधबार, माघ ४, २०७९
मङ्गलवार कार्यालय खुल्दा बाटो छिचोल्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्यो । अरु सामान्य बेलामा एउटा मात्र लामो लाइन हुने गरेको विभागमा मङ्गलवार ३ वटा लाइन थिए । तर लाइन नसर्दा सेवाग्राही निराश भए ।
सन्दीप लामिछाने प्रकरण: उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च जाने उच्च सरकारी वकिलको तयारी
बुधबार, माघ ४, २०७९
‘सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने भन्ने लगभग टुंगो लागेको छ। हामी तयारी गरिरहेका छौं'।
राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिना र चीनका राजदूत बीच भेट
बुधबार, माघ ४, २०७९
चीनको २२ औं राजदूतका रुपमा नेपाल आउनुभएका सोङसंगको भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना काल देखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ,सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो ।
वरिष्ठ नेत्र चिकित्सक डा. रुइतलाई १३ करोडको पुरस्कार
बुधबार, माघ ४, २०७९
बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका थिए ।
साताको लोकप्रीय

