४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
मंगलबार, माघ ३, २०७९
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन
सोमबार, माघ २, २०७९
महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
पोखरा विमान दुर्घटना - पहिचान खुलेका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने
सोमबार, माघ २, २०७९
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।
पोखरा विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
आइतबार, माघ १, २०७९
विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको खुल्न...
पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना
आइतबार, माघ १, २०७९
बिहान १०ः३३ बजे उडेको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
थुनामुक्त भए सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा पुगेको थियो। उहाँले पत्र पुगिसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको थियो।
आगामी फागुन देखि लुम्बिनी केबलकार सन्चालनमा आउँदै
शुक्रबार, पुस २९, २०७९
शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुन देखि सन्चालनमा आउने बताएका हुन् ।
दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने
शुक्रबार, पुस २९, २०७९
सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका
शुक्रबार, पुस २९, २०७९
साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिका उपत्यकाको सबैभन्दा बढी बसोबास वृद्धि भइरहेको नगर हो । तर, महालक्ष्मी नगरपालिकाको आफ्नै प्रशासकीय भवन भने थिएन ।
सन्दीप लामिछाने आज धरौटीमा छुट्दै
शुक्रबार, पुस २९, २०७९
इजलासले पीडितको बकपत्र भइसकेको, त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, सन्दीपको मानसिक अवस्था राम्रो नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो। यद्यपि उनको मुद्धाको किनारा भने लागिसकेको छैन ।
टिकटक लाइभ मार्फत पनि जुवा, चार जना पक्राउ
शुक्रबार, पुस २९, २०७९
अर्को कपिल गिरीले पोकर किङ नामक टिकटक खोली ३ इसेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने प्रेम कडायत र डिल्ली अवस्थीले प्रेम नामक टिकटकमार्फत इसेवा वालेटमा एक महिना ६ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ ।
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
बिहीबार, पुस २८, २०७९
केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कूल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो ।
सन्दीपलाई धरौटीमा छाड्न अदालतको यस्ता छन् सर्तहरु
बिहीबार, पुस २८, २०७९
अदालतले मागेको २० लाख रुपैयाँ धरौटी बुझाएर उनी भोलि (शुक्रबार) रिहा हुने भएका छन् ।
साताको लोकप्रीय

