Kath Khabar
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
आज १ हजार रुपैयाँले घट्यो सुनको भाउ
आज १ हजार रुपैयाँले घट्यो सुनको भाउ आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो
महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो ।
सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती...
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकम सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ ।
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’ “राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भन्नुभयो, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।”
Weather Update