Kath Khabar
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्‍या
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्‍या हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्।
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ ।
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड
सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन।
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल हुनत इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भएपनि मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानूनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।
कोस्टारिकाको चिडियाखानामा संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि
कोस्टारिकाको चिडियाखानामा संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गबिनै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता छ।
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार  समारोहमा ३ सय जना दिक्षित भएका थिए। त्यतिबेला आफूले २० राउन्ड  गोलीको आवाज सुनेको बताएका छन्।
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ ।
हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड गरिएको छ।
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
Weather Update