आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै
बुधबार, मंसिर २८, २०७९
सरकारले ल्याएको अध्यादेश फिर्ता लिन सर्वोच्च बारको आग्रह
मंगलबार, मंसिर २७, २०७९
बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशबारे आपत्ति जनाएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबरा आजदेखि अनिवार्य अवकाशमा
मंगलबार, मंसिर २७, २०७९
अब प्रधानन्यायाधीशको रोलक्रममा कार्की रहनुभएको छ। प्रधानन्यायाधीश हुने योग्यता पुगेका व्यक्तिको नाम न्याय परिषद्ले संवैधानिक परिषदमा पठाउँछ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि संसदीय समितिमा सुनुवाइका लागि नाम सिफारिस गर्छ ।

वीरगंज महानगरपालिकाभित्र अतिक्रमणमा परेका नहर/कुलो खोजी गरी पुनः सञ्चालनमा ल्याउने प्रमुख सिंहको भनाई
मंगलबार, मंसिर २७, २०७९
विगतमा सिँचाई प्रयोजनका लागि निर्माण गरीएका नहर र कुलोहरु अतिक्रमणको चपेटामा पर्दा नहर/कुलो मासिँदै जानुका साथै खेती सिँचाईमा समस्या हुनुको साथै वर्षातमा पानीको प्राकृतिक बहावमा अवरोध हुँदा डुबानको समस्या देखिने गरेकोले नहर/कुलोको खोजी गरी सञ्चालन गर्न लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश सरकारले तत्काल फिर्ता लिनुपर्छ - गगन थापा
सोमबार, मंसिर २६, २०७९
अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।

सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक : भीम रावल
सोमबार, मंसिर २६, २०७९
‘सरकारमा सहभागी दलहरुले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो।’

रेशम चौधरी छुट्ने खबर लगत्तै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै
सोमबार, मंसिर २६, २०७९
चुनाव सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए। अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमाला सहित उपस्थित भएका छन्। डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ।
कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न, काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
आइतबार, मंसिर २५, २०७९
‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : उपाध्यक्ष पौडेल
शुक्रबार, मंसिर २३, २०७९
पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे। “जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उनले भने।
जबराको निलम्बन फुकुवाविरुद्ध परेको रिटमा आज सुनुवाई हुने
शुक्रबार, मंसिर २३, २०७९
रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने दलसँग नै गठबन्धन हुन्छ - मुख्यमन्त्री केसी
बिहीबार, मंसिर २२, २०७९
नेपाली कांग्रेसलाई भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्विकार्नु पर्ने वस्तुगत अवस्था रहेको बताउनुभयो ।

नयाँ संसद् नआउँदै चोलेन्द्रको अवकाश, महाभियोगले कुन मोड लेला ?
बुधबार, मंसिर २१, २०७९
अघिल्लो प्रतिनिधिसभाले जबरामाथि दर्ता भएको महाभियोगमा छानबिनका लागि गठन गरेको समितिका ११ जना सांसद सदस्यहरूमध्ये २ जना मात्रै आगामी संसद्मा हुनेछन्। सिफारिस समितिका सभापति विष्ट उम्मेदवारी नै नदिएका कारण आगामी संसद्मा हुनेछैनन्। सिफारिस समितिका सदस्यहरू एकवाद मियाँ, कृष्णभक्त पोखरेल, प्रमोद साह र लालबाबु पण्डित यो निर्वाचनमा पराजित भए।
साताको लोकप्रीय