Kath Khabar
काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु
काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर उक्त तस्वीर आकर्षक देखिए पनि विज्ञहरूले शनिबार कोरोनल होलहरूबाट पृथ्वीमा सौर्य आँधी आउनसक्ने चेतावनी दिएका थिए । अन्तरिक्ष सम्बन्धी मौसम जानकारी दिने सञ्चार माध्यम स्पेसवेदरले ती ३ ओटा प्वालबाट आउने सौर्य आँधी पृथ्वीतर्फ सोझिएको उल्लेख गरेको थियो ।
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई दियो १६ लाख क्षतिपूर्ति
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई दियो १६ लाख क्षतिपूर्ति “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासि ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।” उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
५१ वर्षीय रामलाल विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन
५१ वर्षीय रामलाल विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको...
तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल
तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन् ।
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण,  दिउँसो ४:५२ बजे स्पर्श गर्ने
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण, दिउँसो ४:५२ बजे स्पर्श गर्ने सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।
सन्दर्भ कुकुर तिहारः सहरमा रहर, गाउँमा गोठालाका भर
सन्दर्भ कुकुर तिहारः सहरमा रहर, गाउँमा गोठालाका भर 'हामी पनि गोठमा हुन्छौं, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ',
Weather Update