
अब नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
शुक्रबार, असार २०, २०८२
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएसँगै कर्मचारीहरुको दीर्घकालीन सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने र राज्यको वित्तीय दायित्वलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ।
नेकपा एमालेले माग्यो सभापति खतिवडा र सचिवकाे राजीनामा
बुधबार, असार १८, २०८२
बुधबारको समिति बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले दुवै अधिकारीलाई संसदलाई धोका दिएको आरोप लगाए र नैतिक आधारमा तुरुन्तै राजीनामा दिन आह्वान गरे। “समितिको सर्वसम्मत निर्णय विपरीत प्रतिवेदन पेश गर्नु संसदीय इतिहासमा लज्जास्पद कार्य हो,” उनले भने ।
'कूलिङ पिरियड' - जिम्मेवारलाई कारबाहीबारे प्रश्न
मंगलबार, असार १७, २०८२
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले 'कूलिङ अफ पिरियड'को व्यवस्थासहितको मस्यौदालाई सर्वसम्मत पारित गरे पनि सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पेस गरेको मस्यौदामा उक्त प्रावधानलाई कमजोर तुल्याएको पाइएको थियो। प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक पारित गरिसकेको छ।
संघीय निजामती सेवा विधेयक बहुमतले पारित
आइतबार, असार १५, २०८२
विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारहरूमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी नीतिगत प्रस्थान बिन्दु भएको बताए।

मंगलबार दिउँसोदेखि रद्द गरिएको दोहा उडान पुनः सुरु
मंगलबार, असार १०, २०८२
गएराति इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू प्रभावित भएका थिए । इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो ।

प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन
शुक्रबार, असार ६, २०८२
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए ।
ग्वार्कोस्थित फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीबाट औपचारिक उद्घाटन
शुक्रबार, असार ६, २०८२
ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको यो फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अब चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र मंगलबजार र इमाडोलबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।
साताको लोकप्रीय