भारतीय साथीसँग मिलेर श्रीमानको हत्या
सोमबार, जेठ २२, २०८०
उनीहरू विगत २ वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए।
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन्
आइतबार, जेठ २१, २०८०
‘नदीको धार परिवर्तन गर्न ३ स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।'
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै
आइतबार, जेठ २१, २०८०
झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु
आइतबार, जेठ २१, २०८०
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।
गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै
आइतबार, जेठ २१, २०८०
मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।
तराई क्षेत्रमा आउँदो ५ दिन 'लु' लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी
शुक्रबार, जेठ १९, २०८०
काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुर लगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो हावा तथा 'लु' का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ...
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
शुक्रबार, जेठ १९, २०८०
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
अशंबण्डा विवादमा छोराले गरे आफ्नै बुवाको हत्या
शुक्रबार, जेठ १९, २०८०
जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए।
टिकटक बनाउनेको भिडले कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढ्दो
शुक्रबार, जेठ १९, २०८०
‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ ।
साताको लोकप्रीय

