Kath Khabar
लुम्बिनी प्रदेशका सभामुखले गाडी सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए 
लुम्बिनी प्रदेशका सभामुखले गाडी सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए  बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ।
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान 
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान  शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन्। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक केटु आरोहण गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा ४ जनाको ज्यान गएको थियो। गत बैशाख २६ गते २ जना र २७ गते २ जना गरी ४ जनाको मृत्यु भएको थियो। १ जना महिला अझै उपचाररत छिन्।
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा ३ यार्सागुम्बा संकलक घाइते भएका थिए। उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।
कस्तो रहनेछ आजको मौसम !
कस्तो रहनेछ आजको मौसम ! राती कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Weather Update