Kath Khabar
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते प्रहरीका अनुसार जीपमा सामाजिक सुरक्षा भत्ता कागजात नवीकरण गर्न आउँदै गरेका १९ जना यात्रुहरू थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जीप कच्ची बाटोमा नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला
भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला उनीहरूले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । आज बिहान पौने सातबजे चक्रधर प्रजापतिको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु बसको ठक्करले गम्भिर घाईते भएकी उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।
'नाबालिगको डिम्ब खरिद' प्रकरणबारे मन्त्रालयले छानबिन गर्दै
'नाबालिगको डिम्ब खरिद' प्रकरणबारे मन्त्रालयले छानबिन गर्दै जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आईभीएफ (इन-भिट्रो फर्टिलाइजेशन) लगायतका सेवालाई विशिष्टीकृत सेवा भनेर परिभाषित गरेको छ। तर यस्ता सेवाको सञ्चालन र यिनलाई नियमन गर्न आवश्यक नियमहरू बेलैमा नल्याइँदा कृत्रिम गर्भाधानबाट सन्तान जन्माउन सघाउने उद्देश्यले खुलेका क्लिनिकहरूको नियमनमा कैयौँ समस्या देखिएको विज्ञहरूले बताउने गरेका छन्।
नक्कली 'डार्क फाइल' अडियो प्रकरण मुद्दामा दोषी ठहरिएका राजकुमार तिमिल्सिना पक्राउ
नक्कली 'डार्क फाइल' अडियो प्रकरण मुद्दामा दोषी ठहरिएका राजकुमार तिमिल्सिना पक्राउ सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाएपछि तिमिल्सिना अक्टोबर २०२४ देखि फरार थिए ।
Weather Update