Kath Khabar
काठमाडौंको मासागल्लीमा आठौँ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या
काठमाडौंको मासागल्लीमा आठौँ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या घटनास्थलबाट प्रहरीले कुनै पनि ‘सुसाइड नोट’ फेला पारेको छैन। गुप्ताले बोक्दै आएको मोबाइल लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ
लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ विश्वकर्मासँग तीन करोड १४ लाखभन्दा बढी विगो जरिवाना माग दाबीसहित अभियोग पत्र पेश भएको थियो । उक्त मुद्दामा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्च अदालतले सफाइ दिएको छ ।
वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित
वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित ३ महिना देखि आफू बिरामी रहेको बताउँदै उँहा भन्नुहुन्छ, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन, मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु।'
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने बताए। फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। 
बत्ती किन बेला-बेलामा गइरहेको छ ?
बत्ती किन बेला-बेलामा गइरहेको छ ? काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानहरूमा बिजुली झ्याप्प झ्याप्प जाने 'ट्रिपिङ' समस्या बढेको छ। पटक पटक बत्ती गइरहन्छ। फेरि आउन १-२ घण्टा नै लाग्ने गरेको उपभोक्ताहरूको गुनासो छ। 
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना, गएराति सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन हाल काठमाडौं उपत्यकाको बागमतीको सहायक नदी मनोहरा, हनुमन्ते र अन्य साना नदीमा जलसतह बढ्दो रहेको छ। मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहने र नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।
Weather Update