सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ
आइतबार, जेठ २८, २०८०

कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, जेठ २८, २०८०
घटना मध्यराति भएको र जिपमा सवार तिनै जनाको मृत्यु भएकोले पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।

तातो हावाको लहरबाट कस्ता असर पर्न सक्छन्, यसबाट कसरी जोगिने ?
आइतबार, जेठ २८, २०८०
काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ।

अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने
शुक्रबार, जेठ २६, २०८०
पालिकाका ९ वटै वडालाई परिपत्र समेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर
शुक्रबार, जेठ २६, २०८०
ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो, उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने कार्य गरिएको हो।'
1686306548.jpg)
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ
शुक्रबार, जेठ २६, २०८०
महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए ।

सिन्धुलीमा सर्पले टोकेर १ जनाको मृत्यु
शुक्रबार, जेठ २६, २०८०
शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो।

ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
शुक्रबार, जेठ २६, २०८०
लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।

आधारभूत तह 'कक्षा ८' सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन
शुक्रबार, जेठ २६, २०८०
संस्थागत विद्यालयमा नेपालभाषा पढाउने शिक्षकको सूची समेत महानगरमा पठाउन भनिएको छ। त्यस्तै, नेपालभाषाको दैनिक कार्यतालिका पनि महानगरमा बुझाउन निर्देशन दिएको छ।

गोदावरी माथिको डाँडामा डढेलो
शुक्रबार, जेठ २६, २०८०
बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए ।
साताको लोकप्रीय