सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम
सोमबार, माघ ९, २०७९
ठूलो परिमाणमा अवैध काठ बरामद
सोमबार, माघ ९, २०७९
वन, प्रहरी र जनप्रतिनिधि सहितको टोलीले विशेष अपरेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दासमेत शंकास्पद कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वन कार्यालयमाथि शंका व्यक्त गरेका छन् । काठ तस्कर भगाएर काठ मात्रै बरामद गरेर पछि बेवारिसे देखाउने हो कि भन्ने स्थानीयको आशंका छ ।
२८५९ औँ सोनाम ल्होछारको अवसरमा चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
सोमबार, माघ ९, २०७९
मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो ।
पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले आजदेखि पानी पर्ने सम्भावना
सोमबार, माघ ९, २०७९
यस वर्षको जाडोमा विगत ३० वर्षयताकै कम वर्षा भएको छ । सन् १९९१ यता यस वर्ष हिउँदे वर्षा सबैभन्दा कम भएको छ।
सुनचाँदी राखेको २५० किलोको ‘सेफ’ चोरी
आइतबार, माघ ८, २०७९
पसल सञ्चालकको केही समयअघि दुर्घटनामा परेर निधन भएको थियो । केही दिनअघि मात्रै खोलिएको पसलबाट सेफसहित चोरी भएकाले घटना रहस्यमय भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या, भारतीय प्रहरीद्धारा तीन जना पक्राउ
आइतबार, माघ ८, २०७९
अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल-भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा
आइतबार, माघ ८, २०७९
यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै "सेफ राइड" नाम रहेको कम्पनीले जनाएको छ । "प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्," सेफ राइडका सह-संस्थापक प्रकाश मालाकार भन्छन्, "राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ ।
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा
आइतबार, माघ ८, २०७९
मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।
धरानमा हर्क साम्पाङले डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप
आइतबार, माघ ८, २०७९
उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।
दैनिक ४ घण्टा नारायणगढ - मुग्लिन सडकखण्ड बन्द रहने
आइतबार, माघ ८, २०७९
काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य सडकखण्डको रुपमा रहेको यो सडकमा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले दैनिक दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न थालिएको हो । हाल ४ स्थाानमा पुल निर्माणको काम भइरहेको छ । अबको १ महिनासम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर काम हुने जानकारी दिनुभयो...
गलकोट नगरपालिकाको आफ्नै पाठ्यक्रम छ तर पुस्तक छैन
आइतबार, माघ ८, २०७९
‘हाम्रो गलकोट’ नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरूले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराएका छन् । शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको...
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा ५ करोडको लगानीमा ग्रन्थ ईभीले विद्युतीय स्कुटर उत्पादन गर्ने
आइतबार, माघ ८, २०७९
सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ । साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ । करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ ।
सुर्खेतमा गाडी दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भीर घाइते
आइतबार, माघ ८, २०७९
उक्त घटनामा परी भैरवी गाउँपालिका-५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
साताको लोकप्रीय

1674467183.jpg)