गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै
आइतबार, जेठ २१, २०८०
मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।

तराई क्षेत्रमा आउँदो ५ दिन 'लु' लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी
शुक्रबार, जेठ १९, २०८०
काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुर लगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो हावा तथा 'लु' का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ...
1685701954.jpg)
टिकटक बनाउनेको भिडले कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढ्दो
शुक्रबार, जेठ १९, २०८०
‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ ।
1685682717.jpg)
राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, घटना अझै रहस्यमय
शुक्रबार, जेठ १९, २०८०
बेलामौका चर्चा हुन्छन् तर यसको मिहिन अध्ययन र अनुसन्धान नभएको गुनासा पनि आउने गरेका छन् । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन ।

सरकारले बनाएको मिटरब्याज पीडित आयोगमा पर्यो साढे २१ हजार निवेदन
बिहीबार, जेठ १८, २०८०
अहिलेसम्म आयोगले पीडितसँग मात्र छलफल गरेको छ। पीडक आयोगसँग छलफल गर्न आएकै छैन। सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै संगठन खोलेका छन्। उनीहरूले मिटरब्याजी पीडकको नाममा मानसिक यातना दिएको भन्दै आवाज उठाइहेका छन्।

काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने
बिहीबार, जेठ १८, २०८०
‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, काठमाडौं उपत्यका बाहिर सिमरा, भैरहवा जस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ।

कस्तो रहनेछ आजको मौसम !
बिहीबार, जेठ १८, २०८०
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस
बुधबार, जेठ १७, २०८०
‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
साताको लोकप्रीय